काठमाडौं । काठमाडौं महानगरपालिकाले बर्खायाममा पानीजन्य रोगको जोखिम कम गर्न प्रशोधित पिउने पानीका जारहरूको अनुगमन प्रक्रिया अझ तीव्र बनाएको छ। विगत केही दिनमा विभिन्न क्षेत्रमा गरिएको अनुगमनका क्रममा मापदण्ड विपरीतका २७१ जार बरामद गरी नष्ट गर्ने जिम्मेवारी महानगर प्रहरी बललाई सुम्पिएको छ। यस्तै, असार र साउन महिनामा १३९ वटा पानी बोक्ने गाडीबाट ४५६ जार बरामद गरी नष्ट गरिएको छ।
महानगरपालिकाको कृषि तथा पशुपन्छी विभागका प्रमुख नुरनिधि न्यौपानेका अनुसार, बल्खु, चाबहिल–चुच्चेपाटी, माछापोखरी–बालाजु, कोटेश्वर लगायतका स्थानमा नियमित रूपमा अनुगमन गरिएको छ। पानी बोक्ने सवारी साधनहरूको अनुगमन गर्दै अनियमितता देखिएका जारहरू तुरुन्त नष्ट गरिने व्यवस्था गरिएको छ।
मानव स्वास्थ्यलाई असर गर्न सक्ने मापदण्ड विपरीतका जारहरू बिक्री र वितरण हुन नदिन कडा कदम चालिएको उनले बताए। “हामीले बर्खायाममा पानीजन्य रोगको जोखिमलाई मध्यनजर गर्दै पानीका गुणस्तरमा विशेष ध्यान दिएका छौं। नियम विपरीतका जारहरूले नागरिकको स्वास्थ्यमा गम्भीर असर पार्न सक्छन्,” न्यौपानेले बताए।
उनी भन्छन्, “कारागार परिसरमा २५० जनाको लागि रहेको क्षमता भन्दा तीन गुना बढी कैदी राखिएका कारण कैदीहरूको अवस्था पनि नाजुक छ।”
महानगरले विगतमा विभिन्न ठाउँमा अनुगमन गर्दा धेरै जार फुटेको, कुच्चिएको, अपारदर्शी अवस्थाको भेटिएको छ, जुन पानीको गुणस्तरमा असर पार्ने जोखिम बोकेको छ।
पानीको गुणस्तर सुनिश्चित गर्न भौतिक र जैविक परीक्षणका लागि नमुना प्रयोगशालामा पठाइने व्यवस्था गरिएको छ। फुड टेक्नोलोजिस्ट अशोक पराजुलीले भने, “प्रशोधित पिउने पानीका जारहरूको गुणस्तर जाँच्न आवश्यक छ, जसले नागरिकको स्वास्थ्य सुरक्षा सुनिश्चित गर्छ।”
महानगरपालिकाले विशेषगरी बल्खु, कालीमाटी, टंकेश्वरजस्ता क्षेत्रमा विगतमा देखिएका हैजा जस्ता पानीजन्य रोगहरूको जोखिमलाई कम गर्न पानी उमालेर मात्र पिउन नागरिकलाई अनुरोध गरेको छ।
आगामी दिनहरूमा पनि पानी उत्पादन, ढुवानी र बिक्रीमा नियमित अनुगमन निरन्तर जारी रहने महानगरपालिकाको योजना छ। साथै, समुदाय स्तरमा पानीको नमुना परीक्षण र जनचेतना अभिवृद्धिका लागि कार्यक्रमहरू सञ्चालन गरिने जानकारी पनि दिइएको छ।
प्रकाशित मिति: २६ श्रावण २०८२, सोमबार












प्रतिक्रिया