काठमाडाैं । कर्णाली राजमार्गअन्तर्गत सुर्खेतदेखि जुम्ला जोड्ने मान्म–बिहानी खण्डमा सोमबार बिहान पहिरो गएपछि सडक अवरुद्ध भएको छ।
खाँडाचक्र नगरपालिका–५, कालिकोटस्थित बिहानी छरेगाड क्षेत्रमा रातिदेखि परेको भारी वर्षाका कारण पहिरो झरेको प्रहरी नायव उपरीक्षक टेकबहादुर रावतले जानकारी दिए।
पहिरोले जुम्ला र मुगुबाट सुर्खेत जाँदै गरेका सवारी साधनहरू रोकिएका छन् भने डोजरमार्फत पहिरो हटाउने काम भइरहेको छ। प्रहरीका अनुसार पहिरो सफा गर्न करीब आधा घण्टा समय लाग्नेछ।
यद्यपि, यात्रुहरूले डोजर ढिला आएको र समस्या लामो समयसम्म निराकरण नभएको गुनासो गरेका छन्।
पहिरोका कारण राजमार्ग अवरुद्ध भएसँगै जुम्लातर्फ जाने गाडीहरू ताडी बजार नजिकै रोकिएका छन्। हालसम्म पानी परेसँगै कर्णाली राजमार्गमा पहिरो जस्ता अवरोधहरू दोहोरिरहेका छन्।
प्रकाशित मिति: २६ श्रावण २०८२, सोमबार












प्रतिक्रिया