बुटवल । रुपन्देही कारागारमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको थुनामुक्तिको निवेदनमाथि जिल्ला अदालत रुपन्देहीमा सोमबार सुनुवाइ भइरहेको छ।

जिल्ला अदालतका सूचना अधिकारी पदम अर्यालका अनुसार न्यायाधीश नारायण सापकोटाको इजलासमा बहस जारी छ र आजै आदेश आउने सम्भावना छ।

advertisement

लामिछाने गत चैत २५ गतेदेखि बुटवलको सुप्रिम सहकारी प्रकरणमा पुर्पक्षका लागि थुनामा छन्। चैत २२ गते उच्च अदालत तुलसीपुर बुटवल इजलासले उनलाई थुनामा पठाउने आदेश दिएको थियो। त्यसअघि रुपन्देही जिल्ला अदालतले १ करोड रुपैयाँ धरौटीमा उनलाई रिहा गरेको थियो।

यसपटक लामिछानेले आफ्नो भागको बिगो बराबरको २ करोड ७४ लाख ८४ हजार रुपैयाँ बैंक जमानत पेश गर्दै साउन १९ गते अदालतमा निवेदन दिएका थिए। सो निवेदनको सुनुवाइका लागि आजको मिति तोकिएको हो।

साउन १९ पछि लगातार दुई दिन पेशी तोकिए पनि, दुवै पटक लामिछानेका कानुनी प्रतिनिधिले स्थगित गराएका थिए।

प्रकाशित मिति: २६ श्रावण २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com