काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई बाँके र बर्दियाका जनप्रतिनिधि तथा उद्योगी–व्यवसायीहरूले नेपालगन्ज–नयाँ दिल्ली सिधा हवाई सेवा सुरु गर्न माग गरेका छन्।

सोमबार बालुवाटारस्थित प्रधानमन्त्री निवासमा भएको भेटमा प्रतिनिधिहरूले नेपालगन्ज विमानस्थलमा आवश्यक पूर्वाधार तयार भइसकेकाले पश्चिम नेपालको ३२ जिल्लाका यात्रुहरू र व्यावसायिक विकासका लागि यो सेवा अत्यावश्यक भएको बताएका छन्।

advertisement

मागपत्र ग्रहण गर्दै प्रधानमन्त्री ओलीले प्रस्तावप्रति सकारात्मक दृष्टिकोण व्यक्त गर्दै भारत सरकारसँग आवश्यक पहल गर्ने आश्वासन दिए। साथै, उनले नेपालगन्ज विमानस्थलको धावनमार्ग विस्तार र जमिन संरक्षणलगायतका पूर्वाधार सुधारमा पनि सरकार गम्भीर रहेको बताए।

प्रकाशित मिति: २६ श्रावण २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com