काठमाडाैं । नेकपा (एमाले)का उपमहासचिव प्रदीपकुमार ज्ञवाली मदन–आश्रित स्मृति प्रतिष्ठानको अध्यक्ष बनेका छन्। सोमबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित कार्यक्रममा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष र प्रतिष्ठानका प्रमुख संरक्षक केपी शर्मा ओलीले उनलाई पद तथा गोपनीयताको शपथ गराएका हुन्।

शपथ ग्रहणपछि ज्ञवालीले प्रतिष्ठानको भावी दिशा र कार्ययोजना तय गर्न छलफल गरिने बताए। वैचारिक क्षेत्रमा सक्षम नेतृत्व उत्पादन गर्ने तथा प्राविधिक शिक्षालाई प्रभावकारी बनाउन प्रतिष्ठान सक्रिय रूपमा लाग्ने उनले प्रतिवद्धता व्यक्त गरे।

advertisement

गत शुक्रबार सम्पन्न ३१औँ वार्षिक साधारणसभाले सर्वसम्मत रूपमा ज्ञवालीको नेतृत्वमा ११ सदस्यीय नयाँ कार्यसमिति गठन गरेको थियो। उपाध्यक्षमा रामेश्वर फुँयाल, सचिवमा मधु तिमिल्सिना, कोषाध्यक्षमा सरोज दाहाल तथा सदस्यमा विदुरप्रसाद ढुङ्गाना, कृष्णहरि थापा, श्रीकृष्ण चापागाईँ, सुदर्शन चापागाईँ, सुरेशप्रसाद निरौला, दिव्याकुमारी घिमिरे र सुरेशप्रसाद चापागाईँ चयन भएका छन्।

प्रकाशित मिति: २६ श्रावण २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com