काठमाडौं। रुपन्देही जिल्ला अदालतमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको थुनामुक्ति सम्बन्धी निवेदनमाथिको बहस सम्पन्न भएको छ।
जिल्ला अदालतका सूचना अधिकारी पदम अर्यालका अनुसार न्यायाधीश नारायण सापकोटाको इजलासमा भएको बहस आज नै टुंगिएको हो। बहसपछि अदालतले आजै आदेश जारी गर्ने सम्भावना छ।
लामिछाने गत चैत २५ गतेदेखि बुटवलको सुप्रिम सहकारी प्रकरणमा पुर्पक्षका लागि रुपन्देही कारागारमा छन्। यसअघि चैत २२ गते उच्च अदालत तुलसीपुर, बुटवल इजलासले उनलाई थुनामा पठाउने आदेश दिएको थियो। त्यसअघि रुपन्देही जिल्ला अदालतले १ करोड रुपैयाँ धरौटीमा रिहा गर्ने आदेश दिएको थियो।
तर लामिछानेले आफ्नो हिस्साको बिगो बराबरको रकम धरौटीमा बुझाएर रिहा गराउन माग गर्दै साउन १९ गते फेरि रुपन्देही जिल्ला अदालतमा निवेदन दिएका थिए।
प्रकाशित मिति: २६ श्रावण २०८२, सोमबार












प्रतिक्रिया