काठमाडौं । नेकपा एमालेका सांसद सूर्यबहादुर थापा क्षेत्रीले सरकारी कोषहरू प्रायः वास्तविक कामभन्दा पनि देखावटी उद्देश्यका लागि मात्र स्थापना गरिने आरोप लगाएका छन्।

संसदको अर्थ समितिमा सोमबार वैकल्पिक विकास वित्तसम्बन्धी विधेयकमाथि भएको छलफलमा सहभागी हुँदै उनले, यस्ता कोषहरूको उद्देश्य र संरचना स्पष्ट नभए प्रभावकारी परिणाम दिन नसक्ने बताए।

advertisement

थापाले वैकल्पिक वित्त कोषको पुँजी संरचना यथार्थपरक र व्यवहारिक आधारमा तयार हुनुपर्नेमा जोड दिँदै भने, “नाम मात्र वैकल्पिक राखेर अहिलेको जस्तो पुँजी संरचना बनाइयो भने यसको औचित्य हराउँछ।”

उनका अनुसार, वैकल्पिक विकास वित्त कोष पनि अन्य देखावटी कोषझैं बन्न सक्ने जोखिम छ, त्यसैले परिचालनअघि पुँजीको स्रोत र सीमा स्पष्ट गर्न कानुनमै व्यवस्था गर्न आवश्यक छ।

प्रकाशित मिति: २६ श्रावण २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com