काठमाडौं । धरान उपमहानगरपालिकाका सदस्य हर्कराज राई (हर्क साम्पाङ)ले दलीय निर्देशन पालन गर्नुपर्ने बाध्यताका कारण बजेट निर्माणमा ढिलाइ भएको बताएका छन्।
स्रोत अनुमान तथा बजेट तर्जुमा समितिका सदस्यहरुलाई पत्र लेख्दै उनले बजेट निर्माण प्रक्रियामा पूर्ण जिम्मेवारी लिएर छिटो बजेट पारित गर्न आग्रह गरेका छन्। उनले बजेट नबन्नुले नगरपालिकालाई कानुनी तथा नैतिक चुनौतीमा पारेको उल्लेख गरे।
राईले पत्रमा भनेका छन्, “सबै सदस्यहरूले बजेट कार्यमा अपनत्व देखाउँदै छिटो बजेट पास गर्नुपर्छ, नभए अवशिष्ट अधिकार प्रयोग गरी टिप्पणीमार्फत पछि अनुमोदन हुने गरी खर्च गर्ने व्यवस्था अपनाउनुपर्छ। यसले जनताको प्रशासन, विकास र सेवा निरन्तरता दिन मद्दत गर्नेछ।”
चालु आर्थिक वर्षका लागि धरान उपमहानगरपालिकाले बजेट ल्याउन नसक्दा आकस्मिक, विकासात्मक र नियमित कामहरू प्रभावित भइरहेका छन्।

प्रकाशित मिति: २६ श्रावण २०८२, सोमबार












प्रतिक्रिया