काठमाडौं । हमासले बन्धक बनाएका कञ्चनपुरका विपिन जोशीको रिहाइको माग गर्दै उनकी आमा पद्मा जोशी र बहिनी पुष्पा इजरायल पुगेका छन् । सोमबार राति उनीहरु इजरायल पुगेका हुन् ।

उनीहरुलाई स्वागत गर्न नेपालका लागि इजरायलका पूर्व राजदूत हेनान गोडार, नेपाली राजदूत धनप्रसाद पण्डित र विपिनका साथीहरु विमानस्थल पुगेका थिए ।

advertisement

यसअघि पूर्व राजदूत गोडार नेपालमा हुँदा विपिनको परिवारलाई भेट्न कञ्चनपुर पुगेका थिए । त्यसबेला उनले विपिनको सकुशल उद्धारका लागि पहल गर्ने आश्वसन दिएका थिए ।

आमा पद्मा र बहिनी पुष्पा नेपालस्थित इजरायली दूतावासको पहलमा सोमबार बिहान ९ बजेको फ्लाइ दुबईको उडानमार्फत् इजरायल प्रस्थान गरेका थिए ।

इजरायलको किबुजबाट सन् २०२३ अक्टोबर ७ मा हमासले अपहरण गरेका विपिनको रिहाइका लागि अन्तर्राष्ट्रियस्तरमा दबाब बढाउन आमा पद्मा र बहिनी पुष्पा इजरायल गएका हुन् ।इजरायलले विपिनकी आमा र बहिनीलाई संयुक्त राष्ट्रसंघसम्म पुर्‍याउने तयारीसमेत गरेको छ ।

‘लर्न एन्ड अर्न’ कार्यक्रमअन्तर्गत कृषिसम्बन्धी अध्ययनका लागि इजरायल पुगेका विपिन दक्षिणी इजरायलको किबुजबाट अपहरणमा परेका थिए ।

 

प्रकाशित मिति: २७ श्रावण २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com