काठमाडौं ।  अगष्ट १२ अर्थात् अन्तर्राष्ट्रिय युवा दिवस। नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै छ। ‘दिगो विकास र सुनौलो भविष्यको सार : स्थानीय युवाको सहभागिता समृद्धिको आधार’ मूल नाराका साथ दिवस मनाउन लागिएको हो।

दिवसको मूल समारोह बिहान १० बजे भृकुटीमण्डपस्थित राष्ट्रिय सभागृहमा आयोजना हुनेछ। समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले सम्बोधन गर्ने कार्यक्रम छ।

advertisement

दिवस मनाउन युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीको अध्यक्षतामा २८५ संस्थागत सदस्यसहित मूल समारोह समिति र राष्ट्रिय युवा परिषद्का कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेतको अध्यक्षतामा १७ सदस्यीय सचिवालय गठन भएको थियो ।

सन् १९९८ को अगष्ट ८-१२ मा पोर्चुगलको लिसवनमा विश्वका १४० देशका युवा मामिला हेर्ने मन्त्रीहरूको विश्वस्तरीय सम्मेलनले युवाको पक्षमा ८८ बुँदे घोषणापत्र जारी गरेको थियो। सम्मेलनको सिफारिस अनुसार १७ डिसेम्बर १९९९ मा सम्पन्न संयुक्त राष्ट्रसंघको ५४ औँ साधारण सभालेअगष्ट १२ मा अन्तर्राष्ट्रिय युवा दिवसमनाउने घोषणा गरेको थियो।

सन् २००० देखि हरेक वर्ष अन्तर्राष्ट्रिय युवा दिवस मनाइन्छ ।

 

प्रकाशित मिति: २७ श्रावण २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com