काठमाडौं । डा. गोविन्द केसीले मेडिकल शिक्षामा हाल कायम रहेको शुल्क र सिट संख्या नबढाउन सरकारलाई आग्रह गरेका छन्। उनले यो माग पूरा नभए सत्याग्रहसहितको आन्दोलन सुरु गर्ने चेतावनी दिएका छन्।

मंगलबार जारी विज्ञप्तिमा डा. केसीले हालै सरकार र चिकित्सा शिक्षा आयोगले मेडिकल सिट संख्या बढाउने तयारी गरेको खबरप्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरेका छन्। “एउटा पनि सिट नबढाउन र शुल्क यथावत राख्न ओली सरकार र आयोगको पुनः ध्यानाकर्षण गराउँछु। अन्यथा सत्याग्रहसहितको आन्दोलन गर्न बाध्य हुनेछौं,” विज्ञप्तिमा चेतावनी दिइएको छ।

advertisement

उनले प्रतिष्ठान र विश्वविद्यालयका पदाधिकारी नियुक्ति मापदण्ड सम्बन्धी ऐन तथा एकीकृत प्रतिष्ठान ऐन तत्काल पारित गर्न, इलाम–उदयपुर र डडेलधुरामा सरकारी मेडिकल कलेज तथा प्रतिष्ठान स्थापना गर्न, सरकारी स्वास्थ्य संस्थाहरूमा दरबन्दी वृद्धि गर्नलगायत विगतका सम्झौता तत्काल कार्यान्वयन गर्न पनि माग गरेका छन्।

त्यसैगरी, २०८५ सालदेखि मेडिकल शिक्षा पूर्णरूपमा गैरनाफामूलक बनाउन कानुनी प्रक्रिया अघि बढाउनुपर्नेमा पनि डा. केसीले जोड दिएका छन्।

प्रकाशित मिति: २७ श्रावण २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com