बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लुम्बिनी प्रदेश प्रशिक्षण प्रतिष्ठानले रुपन्देहीको भैरहवामा साउन ३० र ३१ गते दुई दिने प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम गर्ने भएको छ।
रास्वपा लुम्बिनी प्रदेश उपसभापति सालिकराम घिमिरेका अनुसार कार्यक्रममा पार्टीका कार्यवाहक सभापति डिपी आचार्य, उपसभापति स्वर्णीम वाग्ले, प्रवक्ता मनिष झा र पूर्व शिक्षा मन्त्री सुमना श्रेष्ठले प्रशिक्षण दिनेछन्। प्रशिक्षणका विषयमा पार्टीको सबलीकरण, रुपन्देही क्षेत्र नम्बर ३ को उपनिर्वाचन र सदस्य वृद्धि लगायतका मुद्दा रहनेछन्।
कार्यक्रममा प्रदेश समिति, सल्लाहकार, जिल्ला तथा क्षेत्रीय समिति पदाधिकारी र प्रदेश विभागका सदस्यहरू सहभागी हुनेछन्। तयारी अन्तिम चरणमा पुगेको घिमिरेले जानकारी दिएका छन्।
प्रकाशित मिति: २७ श्रावण २०८२, मंगलबार












प्रतिक्रिया