काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल र वरिष्ठ नेता झलनाथ खनालबीच लामो समयदेखिको आरोप–प्रत्यारोपलाई टुंग्याउँदै ‘भद्र सहमति’ भएको छ। अब एकअर्काविरुद्ध सार्वजनिक रूपमा टिप्पणी वा आक्षेप नगर्ने सहमति दुवै नेताबीच भएको हो।

सोमबार बिहान आलोकनगरस्थित पार्टी केन्द्रीय कार्यालयमा नेपाल, खनालसहितका नेताहरू सहभागी छलफलमा यो सहमति बनेको नेता दामोदर अर्यालले जानकारी दिए।

advertisement

यसअघि अध्यक्ष नेपालले खनाललाई पार्टी छाड्दा समेत फरक नपर्ने आशयका अभिव्यक्ति दिएका थिए भने खनालले चार वर्षअघि गठन भएको पार्टीको औचित्य अझै प्रमाणित हुन नसकेको भन्दै नेपालले ‘ऐनामा अनुहार हेर्नु’ पर्ने टिप्पणी गरेका थिए। तर, दुवै नेताबीच अब यी भनाभन यहीँ रोक्ने सहमति भएको अर्यालले स्पष्ट पारे।

हाल खनालसहितका केही नेताहरू अध्यक्ष नेपाललाई पदबाट हटाउनुपर्ने माग गर्दै आएका छन्। पतञ्जली जग्गा प्रकरणमा नेपाल मुछिएपछि उक्त माग पार्टीभित्र अझ बलियो बनेको थियो, जसको क्रममा दुवै नेताबीच कटु आरोप–प्रत्यारोप चलेको हो।

प्रकाशित मिति: २७ श्रावण २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com