काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यवाहक सभापति डोलप्रसाद अर्यालले आगामी नीतिहरू आधुनिक युवा पुस्तालाई लक्षित गरेर तयार गर्नुपर्नेमा जोड दिएका छन्।

मंगलबार ललितपुरमा पार्टीको युवा विभागले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले अबका नीति नियमहरू पुरानो पुस्तालाई होइन, भविष्यका पुस्तालाई ध्यानमा राखेर बनाउनु आवश्यक रहेको बताए। उनले सङ्घीयता र संविधानको सफल कार्यान्वयनका लागि बौद्धिक दृष्टिले आगामी पुस्तालाई प्राथमिकता दिनुपर्ने औंल्याए।

advertisement

राजनीतिक क्षेत्रमा युवा वर्गको उपस्थिति अपरिहार्य भइसकेको पनि उनले बताए। रास्वपाले संसदमा प्रवेश गरेपछि संसदको कामकाज थप प्रभावशाली र दर्शनीय बनेको उनले उल्लेख गरे।

कार्यवाहक सभापति अर्यालले राजनीतिमा लाग्न चाहनेहरूका लागि पार्टीभित्र प्रवेश प्रक्रियामा आफ्ना आचारसंहितालाई कडाइका साथ पालन गर्नुपर्ने र यसका लागि अनुशासन आवश्यक रहेको बताए।

प्रकाशित मिति: २७ श्रावण २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com