काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यवाहक सभापति डोलप्रसाद अर्यालले नीतिनियमहरू अबको आधुनिक पुस्तालाई केन्द्रमा राखेर बनाउनुपर्ने बताए।
मंगलबार ललितपुरमा पार्टीको युवा विभागले आयोजना गरेको कार्यक्रममा उनले पुराना पुस्ताका लागि नभई आगामी पुस्ताका लागि नीति निर्माण हुनु आवश्यक रहेको बताए।
अर्यालले सङ्घीयता र संविधानको सफल कार्यान्वयनका लागि भविष्यका पुस्तालाई दृष्टिगत गरेर बौद्धिक योजना तयार गर्नुपर्नेमा जोड दिए। साथै, राजनीतिक क्षेत्रमा युवा पुस्ताको उपस्थिति अपरिहार्य भइसकेको उल्लेख गर्दै रास्वपाले संसदमा प्रवेश गरेपछि सदन अझै सुन्ने र हेर्ने योग्य भएको पनि बताए।
उनले भने, “राजनीतिमा लाग्न मन छ भने आफ्ना विचार र ब्रह्मलाई स्पष्ट बनाएपछि मात्रै रास्वपामा प्रवेश गर्नुपर्ने हुन्छ।”
प्रकाशित मिति: २७ श्रावण २०८२, मंगलबार












प्रतिक्रिया