काठमाडाैं । गमगढीमा लगातारको भारी वर्षापछि आएको बाढीपहिरोले गमगढी–बालै–पिना सडकखण्ड करिब दुई महिनादेखि पूर्ण रूपमा अवरुद्ध छ। सडकका विभिन्न स्थानमा थुप्रिएको माटो र ढुङ्गा तथा सडक भासिएर यात्रु र गाडी चलाउन गाह्रो बनेको छ।

यस अवरोधका कारण स्थानीयवासीहरूले लामो वैकल्पिक बाटो प्रयोग गर्न बाध्य भएका छन् भने खाद्यान्न तथा औषधि ढुवानीमा समेत समस्या देखिएको छ। स्थानीय दानबहादुर शाहीले भने, “जताततै पहिरो खसेको छ, दलदल र माटोले बाटो बन्द छ, मानिसहरू हिँड्न समेत कठिनाइ भैरहेको छ, तर सडक खुलाउने काममा कसैले ध्यान दिएको छैन।”

advertisement

गमगढी नगरपालिकाका कार्यवाहक प्रमुख ऐश्वर्या वर्षाले अहिले झरी रोकिएसँगै पहिरो पन्छाउने काम सुरु हुने बताइन्। उनले डोजर र अन्य आवश्यक उपकरणहरू तयारी अवस्थामा रहेको जानकारी दिइन्।

प्रकाशित मिति: २७ श्रावण २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com