काठमाडाैं । अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्पूर्ण युवाहरूलाई हार्दिक शुभकामना व्यक्त गरेका छन्।

शुभकामना सन्देशमा प्रचण्डले युवालाई राष्ट्रनिर्माणको प्रमुख शक्ति मानेर सामाजिक न्याय र समृद्ध नेपालको निम्ति अगाडि बढ्न आग्रह गरेका छन्। उनले दिगो विकासका लक्ष्य हासिल गर्न युवाले नेतृत्व गर्ने आवश्यकता रहेको जोड दिए भने यस वर्षको अन्तर्राष्ट्रिय युवादिवसको नाराले पनि युवाको सक्रिय सहभागितालाई प्रोत्साहन गरेको उल्लेख गरे।

advertisement

‘युवाहरू केवल भविष्यको नेतृत्व होइनन्, वर्तमानमा पनि राष्ट्र निर्माणका निर्णायक शक्ति हुन्,’ सन्देशमा प्रचण्डले भनेका छन्।

आफ्नो युवावस्थाको राजनीतिक यात्राको सम्झनासहित उनले माओवादी आन्दोलन, जनयुद्ध र संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनामा युवाहरूको बलिदानी भूमिका रहेको स्मरण गराए। ‘हाम्रो नेतृत्वमा सम्पन्न भएको यो संघर्षले मात्र राजनीतिक परिवर्तन ल्याएन, उत्पीडित समुदायका अधिकार सुनिश्चित गर्ने ऐतिहासिक उपलब्धि पनि हासिल गर्यो,’ उनले भने।

प्रचण्डले माओवादी केन्द्रलाई देशको एक मात्र पार्टी दाबी गर्दै जसले पार्टीका सबै अङ्गमा ४० प्रतिशतभन्दा बढी युवाको प्रतिनिधित्व सुनिश्चित गरेको जनाएको छ।

उनले माओवादी सरकारले युवामैत्री नीति र कार्यक्रमहरू ल्याएको स्मरण गर्दै युवा स्वरोजगार कोष, राष्ट्रिय युवा परिषद्, स्टार्टअप प्रोत्साहन अभियान र रिटर्नी उद्यमी कार्यक्रमजस्ता योजनाहरूले हजारौँ युवाको जीवनमा सकारात्मक प्रभाव पारेको बताए। तर पछिल्ला सरकारले ती कार्यक्रमहरूलाई निरन्तरता नदिएकोमा चिन्ता व्यक्त गरे।

प्रकाशित मिति: २७ श्रावण २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com