काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यवाहक सभापति डोलप्रसाद अर्यालले रास्वपाको संसद प्रवेशपछि संसदको कामकाज अझ प्रभावशाली र दर्शनीय बनेको बताएका छन्। पार्टीको युवा विभागले मंगलबार ललितपुरमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले वर्तमान संसदलाई अब केवल नेपालको मात्र होइन, विदेशमा रहेका नेपालीहरूले पनि ध्यान दिएर हेर्ने र सुन्ने वातावरण बनेको बताए।

अर्यालले भने, “रास्वपाले आफूलाई जति व्याख्या गरे पनि हामी त्यो मात्रै होइनौं। सदन अहिले हेर्न र सुन्न लायक बनेको छ भन्ने कुरा देशभर र विदेशमा पनि सुनिन्छ। यसको मतलब सबैले रास्वपा हुनुपर्छ भन्ने होइन।”

advertisement

उनले आगामी पुस्तालाई लक्षित गर्दै नीति निर्माणमा आधुनिक दृष्टिकोण अपनाउनुपर्नेमा जोड दिए। उनले भने, “संघीयता र नयाँ संविधान लागू भइसकेको अवस्थामा अब ५० वर्षे देशनिर्माणको योजना तयार गर्नुपर्छ, जसले युवा पुस्तालाई समेटोस् र राजनीतिक क्षेत्रमा युवाको भूमिका अपरिहार्य बनेको छ।”

प्रकाशित मिति: २७ श्रावण २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com