काठमाडौँ । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले सरकारले युवाको नेतृत्व विकास, सीप अभिवृद्धि र रोजगारी सिर्जनालाई उच्च प्राथमिकतामा राखेको बताएका छन् ।
अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा मंगलवार आयोजित कार्यक्रममा उनले यस्तो बताएका हुन् ।
उनले युवामैत्री लगानीको वातावरण, नवप्रर्वद्धन र उद्यमशीलतालाई प्रर्वद्धन गर्ने नीति र कानुनी संरचना तयार गरी युवाहरुको भविष्य स्वदेशमा नै उज्यालो बनाउन सरकार प्रयासरत रहेको पनि बताए ।
कुल जनसंख्याको करिव ४२ प्रतिशत हिस्सा ओगटेका युवाहरुले कठिन परिस्थितिमा पनि नवप्रर्वद्धनप्रति रुची देखाएको उनको भनाई छ । महामारीका चुनौती, प्राकृतिक प्रकोपको समयमा जलवायु परिवर्तनको विरोधमा चेतनामुलक अभियान, प्रविधि आधारित नयाँ अविस्कार लगायतका विषयमा युवाहरुको संकल्प, सहभागिता उच्च सम्मानयोग्य रहेको उनले बत्रताए ।
नेपालको इतिहासमा युवा जनशक्तिको सहभागितामा ठूला ठूला परिवर्तन भएको उल्लेख गर्नुहुँदै उनले युवाहरु इतिहासका साहस, वर्तमानका साझेदार र भविष्यका संरक्षक रहेको बताए ।
उनले भने,’कुल जनसंख्याको करिव ४२ प्रतिशत हिस्सा ओगटेका हाम्रा युवाहरुले कठिन परिस्थितिमा पनि शाहस, प्रतिवद्धता, नवप्रर्वद्धनप्रति रुची देखाएका छन् । नेपालको इतिहासमा युवा जनशक्तिको सहभागितामा ठूला ठूला परिवर्तन भएको हामीले अनुभव गर्न पाएका छौँ । तसर्थ युवाहरु इतिहासका साहस, वर्तमानका साझेदार र भविष्यका संरक्षक हुन् । महामारीका चुनौती होस् या प्राकृतिक प्रकोपको समयमा जलवायू परिवर्तनको विरोधको चेतनामुलक अभियानमा होस् वा प्रविधि आधारित नयाँ अविष्कारमा युवाहरुको संकल्प, सहभागीतालाई हामी उच्च सम्मान व्यक्त गर्न चाहन्छौँ । नेपाल सरकारले युवाको नेतृत्व सक्षम विकास, सीप अभिवृद्धि र रोजगार सिर्जनालाई उच्च प्राथमिकतामा राखेको छ ।’
सरकारले ‘समृद्ध राष्ट्र निर्माणको लागि स्वस्थ, कर्मठ र उद्यमी युवा हुनुपर्छ’भन्ने मूल मन्त्र आत्मसाथ गरेको पनि बताए ।
प्रकाशित मिति: २७ श्रावण २०८२, मंगलबार













प्रतिक्रिया