काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले मंगलबार प्रतिनिधिसभाको बैठक बहिस्कार गरेका छन्। उनीहरूले भिजिट भिसा प्रकरणको विषयमा संसदीय विशेष छानबिन वा उच्चस्तरीय न्यायिक आयोग गठन नहुँदा विरोध जनाएका हुन्।

सभामुख देवराज घिमिरेले बैठक सुरु गरेलगत्तै दुवै दलका सांसदहरूले विरोध स्वरूप उठेर विरोध जनाए। सभामुखले रास्वपाका सांसद शिशिर खनाललाई बोलाउँदै भने, “हामीले माग गरेका अनुसार भिजिट भिसा प्रकरणमा समिति गठन नभएकाले विरोध जारी राख्नेछौं। साथै मन्त्रीहरू विभिन्न भ्रष्टाचारका आरोपमा मुछिएका छन्, तिनीहरूको पनि छानबिन हुनु आवश्यक छ।”

advertisement

त्यसपछि राप्रपाका सांसद विना लामा बोल्न पाउँदा उनले पनि समिति नबनेको अवस्थाप्रति असन्तुष्टि व्यक्त गर्दै बैठक बहिस्कार गर्ने र बहिस्कार हुने दिनको भत्ता पनि नलिने प्रतिबद्धता व्यक्त गरे।

विरोधका क्रममा दुवै दलका सांसदहरू बैठक कक्षबाट बाहिरिएका छन्। भिजिट भिसा सेटिङ प्रकरणमा छानबिन समिति गठनको माग गर्दै रास्वपा र राप्रपाले गत जेठ १३ गतेदेखि संसदमा विरोध प्रदर्शन गरिरहेका छन्।

प्रकाशित मिति: २७ श्रावण २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com