काठमाडाैं । कुलिङ अफ पिरियड सम्बन्धी गडबडीको छानबिन गर्ने विशेष समितिले जिम्मेवार ठहर गरेका प्रतिनिधि सभाका राज्य व्यवस्था समितिका सभापति रामहरि खतिवडाले राजीनामा दिने तयारी गरेका छन्।
प्रतिनिधिसभाको मंगलबारको बैठकमा बोल्नका लागि उनले सभामुखसँग समय मागेका छन् । स्रोतका अनुसार प्रतिनिधि सभाको बैठक सुरु हुनु अघि सभामुख देवराज घिमिरे, कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेसँग उनले भेटेका थिए ।
विशेष समितिले खतिवडा र समितिका सचिव सुरजकुमार दुरालाई गडबडीको मुख्य जिम्मेवार ठहर गर्दै किटान समेत गरेको थियो।
प्रकाशित मिति: २७ श्रावण २०८२, मंगलबार












प्रतिक्रिया