काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद शिशिर खनालले भ्रष्टाचार र बिचौलियालाई संरक्षण गर्ने वर्तमान सरकारले मुलुक र लोकतन्त्रलाई गम्भीर संकटमा धकेल्ने चेतावनी दिएका छन्।
प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले भिजिट भिसा प्रकरण उठाए पनि त्यसबारेको आवाजलाई दबाउने प्रयास भइरहेको बताउँदै सचेत रहन आग्रह गरे।
खनालले भने, “केही दिनअघि गृह मन्त्रालयका कर्मचारीले घुस लिइरहेको सूचना प्रहरीसम्म पुग्दा पनि गृहमन्त्रीलाई अप्ठ्यारो पर्ने भन्दै छानबिन अघि बढाइएको छैन। लोकतन्त्रलाई नष्ट गर्नेहरूले आफूअनुकूल कानून बनाउँछन्, न्यायपालिकाको स्वतन्त्रता कमजोर पार्छन्, कार्यकारी शक्तिलाई सशक्त बनाउँदै मिडियामाथि नियन्त्रण जमाउन खोजिरहेका छन्।”
उनले भिजिट भिसा प्रकरणसँगै लिचीबारीदेखि कुलिङ पिरियडसम्म अनेकौं अनियमितता र बदमासी भइरहे पनि कुनै कारबाही नभएकोमा गम्भीर आपत्ति व्यक्त गरे।
प्रकाशित मिति: २७ श्रावण २०८२, मंगलबार












प्रतिक्रिया