काठमाडौँ । प्रतिनिधिसभा बैठकमा बोल्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद शिशिर खनालले भ्रष्टाचार र बिचौलियालाई संरक्षण गर्ने वर्तमान सरकारले मुलुक र लोकतन्त्रलाई संकटमा पार्ने बताएका छन्। भिजिट भिसा प्रकरण उठाउँदा पनि सरकारले आवाज दबाउने प्रयास गरिरहेको उनको आरोप छ।

खनालले भने, “गृह मन्त्रालयका कर्मचारीले घुस लिइरहेकाको सूचना प्रहरीले पाउँछ, तर गृहमन्त्रीलाई अप्ठ्यारो पर्ने भएपछि छानबिन अगाडि बढाइएको छैन। लोकतन्त्रलाई कमजोर बनाउन आफूअनुकूल कानून बनाइन्छ, न्यायपालिकाको स्वतन्त्रता सिमा बन्दी बनाइन्छ, कार्यकारी अधिकार बढाइन्छ र मिडियामाथि नियन्त्रण जमाउन खोजिन्छ।”

advertisement

भिजिट भिसा प्रकरणसँगै लिचीबारी र कुलिङ पिरियड जस्ता विषयमा समेत बदमासीका समाचार आए पनि कुनै कारबाही नभएको प्रति उनले गम्भीर आपत्ति जनाए।

प्रकाशित मिति: २७ श्रावण २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com