काठमाडौं । कैलाली कारागारमा शुक्रबार राति भएका झडपमा एक कैदीको मृत्यु भएको घटनाका सम्बन्धमा प्रतिनिधि सभाको कानुन, न्याय तथा मानव अधिकार समितिले गृहमन्त्री रमेश लेखकलाई सोधपुछका लागि बोलाएको छ।

बुधबार बिहान १० बजे बस्ने सो समितिको बैठकमा गृहमन्त्री लेखकलाई उपस्थित हुन आग्रह गरिएको छ। कैलाली कारागारमा कैदीबन्दी दुई समूहबीच भएको झडपमा भरत चौधरीको मृत्यु हुनुका साथै ४८ जना घाइते भएका थिए।

advertisement

सिंहदरबारस्थित समितिको सचिवालयमा बस्ने बैठकमा मिति २०८२ साउन २३ मा कैलाली कारागारमा भएको घटनाको कारण, त्यसले पार्ने प्रभाव तथा समस्या समाधानका सम्भावित उपायहरूबारे छलफल हुने कार्यक्रम छ। बैठकमा गृहमन्त्रीलाई समेत उपस्थित गराइ घटनाको विस्तृत अध्ययन र आवश्यक कदमहरू बारे छलफल गरिनेछ।

प्रकाशित मिति: २७ श्रावण २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com