काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद अमनलाल मोदीले प्रतिनिधिसभाको बैठकमा अनसन बस्ने चेतावनी दिएका छन्।
उनी पटक–पटक उठाएको हुलाकी सडक कटहरी खण्डको निर्माण सम्बन्धी माग सम्बोधन नभएको बताएका हुन्।
मोदीले भने, “हुलाकी सडकको कटहरी खण्ड निर्माण हुन थालेको १० वर्ष बितिसक्यो, तर काम अझै सकिएको छैन।
जनताले सडकमा धान रोपाइँ गरिरहेका छन्। सरकारले यस विषयमा स्पष्ट निर्णय लिनुपर्छ।” उनले सभामुखबाट रुलिङ नआए अनसन बस्ने बताए।
प्रकाशित मिति: २७ श्रावण २०८२, मंगलबार












प्रतिक्रिया