पोखरा ।  नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सहिदहरुको योगदानलाई खेर जान दिन नहुने उल्लेख गर्दै, सहिदले छोडेका बाँकी कामहरु पूरा गर्ने जिम्मेवारी सबैको रहेको बताएका छन्।

मंगलबार तनहुँको भीमाद नगरपालिकामा सम्पन्न सहिद कल्याण खनालको २३ औं स्मृति सभा तथा शालिक अनावरण कार्यक्रममा देउवाले सहिद परिवारलाई सम्मान दिनुपर्नेमा जोड दिए।

advertisement

उनले भने, “जीवन बलिदान दिने साथीहरुको योगदान खेर जान दिन हुँदैन। हामीले उहाँहरुले छोडेको कामहरु अघि बढाउनुपर्छ। परिवार र सन्तानहरुलाई सम्मान दिनु आवश्यक छ।”

नेपाली कांग्रेसले सहिद परिवारप्रति सदैव सम्मान व्यक्त गर्दै आएको दाबी गर्दै देउवाले “पार्टीका लागि ज्यान गुमाउने परिवारको सदैव हेरचाह गर्ने प्रतिबद्धता छ” बताए।

तनहुँ जिल्लाले २००७ सालदेखि विभिन्न क्रान्तिमा महत्वपूर्ण भूमिका खेलेको स्मरण गराउँदै उनले भने, “तनहुँ जिल्ला क्रान्ति र प्रजातन्त्रका लागि सबैभन्दा बढी बलिदानी दिएको जिल्ला हो।”

सशस्त्र द्वन्द्वको क्रममा माओवादी आक्रमणमा ज्यान गुमाएका सहिद कल्याण खनालको परिवारलाई पार्टीबाट आवश्यक सहयोग गर्ने प्रतिबद्धता पनि उनले दोहोर्‍याए।

सहिद कल्याण खनाल स्मृति प्रतिष्ठानले भीमाद नगरपालिका–७ शिवालयटोल प्रहरीचौकी नजिक कल्याण खनालको अर्धकदको शालिक निर्माण गरेको छ।

प्रकाशित मिति: २७ श्रावण २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com