काठमाडौँ । नेकपा (माओवादी केन्द्र) की सांसद रुपा शोशी चौधरीले प्रतिनिधि सभाको मंगलबारको बैठकमा कैलाली कारागारमा गत शुक्रबार राति भएको झडपप्रति सरकार जानाजान मौन बसेको आरोप लगाएकी छन्।
उनले प्रश्न गरे, “सुरक्षा घेराभित्र रहेका बन्दीहरूबीच झडप हुँदा प्रशासन किन मौन रह्यो?” साथै यदि कारागार भित्रका कैदीहरूको सुरक्षाको जिम्मेवारी सरकारले पूरा गर्न सकेको छैन भने सर्वसाधारणले समेत सुरक्षा पाउन नसक्ने स्थिति आएको बताए।
सांसद चौधरीले कैलाली कारागारमा भएको घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कडा कारबाही गर्न सरकारलाई आग्रह गरेकी छन्। साथै उनले कारागारको सुरक्षा व्यवस्था सुदृढ बनाउने र मानवअधिकार सुनिश्चित गर्न आवश्यक कदम चाल्न सरकारसँग माग गरिन् ।
प्रकाशित मिति: २७ श्रावण २०८२, मंगलबार












प्रतिक्रिया