काठमाडौं । नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई जेल स्थानान्तरण गर्न अदालतले अनुमति दिँदा पनि राज्यले स्थानान्तरण नगरेको प्रति दुःख व्यक्त गरेका छन्।
प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद केसीले भने, “कानूनी प्रक्रियाले निर्णय गर्ने अधिकार आफैंमा मान्य भए तापनि राष्ट्रिय पार्टीका सभापति र पूर्वमन्त्री रहेको व्यक्तिलाई अदालतले अनुमति दिँदा पनि स्थानान्तरण नगर्नु दुःखद् मात्र होइन, बुझ्न गाह्रो विषय हो।”
लामिछाने हाल रूपन्देही कारागारमा रहेका छन्।
यसै दिन राष्ट्रिय मानव अधिकार आयोगले विज्ञप्ति जारी गर्दै अदालतले अनुमति दिँदा पनि लामिछानेलाई स्थानान्तरण नगरिएको तथ्य पाएको जनाएको छ।
लामिछाने र रास्वपा नेताहरूले गृहमन्त्री रमेश लेखकले जेल स्थानान्तरण रोक्दै आएको आरोप लगाउँदै आएका छन्।
प्रकाशित मिति: २७ श्रावण २०८२, मंगलबार












प्रतिक्रिया