काठमाडाैं ।  प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले मंगलबार पदबाट राजीनामा दिएका छन्।

प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै उनले, “विधेयकमा मेरो हस्ताक्षर भएकाले जिम्मेवारी लिनुपर्छ भन्ने लाग्यो” भन्दै राजीनामा घोषणा गरे।

advertisement

संघीय निजामती सेवा विधेयकमा ‘कुलिङ अफ पिरियड’ सम्बन्धी प्रावधानलाई निष्प्रभावी बनाउने भाषा घुसाइएको आरोपसँगै खतिवडाले आलोचना खेप्दै आएका थिए।

यस विषयमा छानबिन गर्न गठित संसदीय विशेष समितिले २७ दिनको अध्ययनपछि साउन २० गते प्रतिवेदन पेश गर्दै खतिवडालगायतलाई दोषी ठहर गरेको थियो।

राजीनामा दिनुअघि उनले सभामुख देवराज घिमिरे र नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेसँग भेट गरेका थिए।

 

प्रकाशित मिति: २७ श्रावण २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com