काठमाडाैं । प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले मंगलबार पदबाट राजीनामा दिएका छन्।
प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै उनले, “विधेयकमा मेरो हस्ताक्षर भएकाले जिम्मेवारी लिनुपर्छ भन्ने लाग्यो” भन्दै राजीनामा घोषणा गरे।
संघीय निजामती सेवा विधेयकमा ‘कुलिङ अफ पिरियड’ सम्बन्धी प्रावधानलाई निष्प्रभावी बनाउने भाषा घुसाइएको आरोपसँगै खतिवडाले आलोचना खेप्दै आएका थिए।
यस विषयमा छानबिन गर्न गठित संसदीय विशेष समितिले २७ दिनको अध्ययनपछि साउन २० गते प्रतिवेदन पेश गर्दै खतिवडालगायतलाई दोषी ठहर गरेको थियो।
राजीनामा दिनुअघि उनले सभामुख देवराज घिमिरे र नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेसँग भेट गरेका थिए।
प्रकाशित मिति: २७ श्रावण २०८२, मंगलबार












प्रतिक्रिया