काठमाडाैं । नेपाल पत्रकार महासंघ मधेस प्रदेशले गुठी संस्थानबाट २० वर्षका लागि लिजमा लिएको चार कट्ठा जग्गामा तारबार लगाउन थालेपछि पत्रकारहरूमाथि वकिलहरूको आक्रमण भएको छ।
जनकपुरधाम उपमहानगरपालिका-४ स्थित उक्त जग्गामा तारबार जडान गर्न थालेपछि मंगलबार बिहान महासंघका प्रदेश अध्यक्ष श्यामप्रसाद बनजारा, महासचिव शैलेन्द्र महतो लगायतका पत्रकारहरू वकिलहरूले कुटपिट गरेका हुन्।
बार एशोसिएसन नेपाल, जनकपुरधामले गुठी संस्थान र महासंघबीच भएको सम्झौताको आधारमा उक्त जग्गालाई पार्किङ स्थलको रूपमा प्रयोग गर्न सुरु गरेको थियो। पत्रकारहरूले पत्रकार सम्मेलनपछि जग्गामा तारबार जडान गर्न थालेपछि वकिलहरूले दुव्र्यवहार गर्दै हातपात गरेका हुन्।
कुटपिटबाट अध्यक्ष बनजारा, महासचिव महतो, पत्रकार दिवाकर राय र अनिलकुमार निराला घाइते भएका छन्। महासचिव महतोले आफ्नो पैतालाको हड्डी भाँचिएको बताए।
महासचिव महतोका अनुसार, साउन १९ गते महासंघले गुठी संस्थानसँग चार कट्ठा जग्गाको लिज सम्झौता गरेको हो। जेठ ७ गते गोरखापत्रमा प्रकाशित सूचना अनुसार विभिन्न संघसंस्थाबाट प्रस्ताव आएकोमा महासंघको प्रस्ताव स्वीकृत भएको उनले बताए।
महतोले भने, “अरूले पेस गरेको प्रस्ताव फेल भएपछि गुठी संस्थानले साउन २ गते गोरखापत्रमा जग्गा उपलब्ध भएको सूचना प्रकाशन गर्यो र साउन ९ गते सम्झौता गर्न पत्र पठाएको थियो। अन्ततः साउन १९ गते सम्झौता सम्पन्न भयो।”
प्रकाशित मिति: २७ श्रावण २०८२, मंगलबार












प्रतिक्रिया