काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी मिडफिल्डर प्रिति राईले जोर्डनको महिला प्रो लिगमा आफ्नो खेल यात्रा सुरु गर्न लागेकी छिन्।
प्रितिले जोर्डन महिला लिगको दुई पटकको च्याम्पियन, इतिहाद क्लबसँग मंगलबार औपचारिक सम्झौता गरेका छन्। क्लबले उनलाई ‘नेपाली मेसी’ भनेर सम्मान गरेको छ।
यो सिजनको जोर्डन महिला लिग सेप्टेम्बर १८ देखि सुरु हुँदैछ। प्रितिसँगै क्लबमा अल्जेरियाका तीन जना विदेशी खेलाडी पनि छन्।
प्रिति यो विदेशी लिगमा खेल्ने दोस्रो नेपाली महिला खेलाडी हुन्। उनी सन् २०२३ मा भारतको किकस्टार्ट एफसीबाट खेलिसकेकी छन्।
सन् २०२१ मा १६ वर्षको उमेरमा नेपाली राष्ट्रिय टोलीमा डेब्यू गरेकी प्रिति हाल घरेलु फुटबल क्लब एपिएफमा सक्रिय छिन्।
अरब क्षेत्रको लिगमा राष्ट्रिय टोलीकी फरवार्ड रेखा पौडेल युएईको लिगमा खेलिरहेकी छन्।

प्रकाशित मिति: २७ श्रावण २०८२, मंगलबार












प्रतिक्रिया