काठमाडौं । काठमाडौं महानगरपालिकाले म्याट्रिक्स फाइट नाइट १७ (एमएफएन १७) को च्याम्पियन नेपाली एमएमए खेलाडी रवीन्द्र ढाटलाई सम्मान गरेको छ।
महानगरपालिकाले ढाटलाई २ लाख रुपैयाँ पुरस्कारसहित सम्मान पत्र प्रदान गरेको हो।
रवीन्द्र ढाटले एमएफएन १७ मा उत्कृष्ट प्रदर्शन गर्दै नेपालका लागि गौरवपूर्ण सफलता हासिल गरेका थिए।
महानगरपालिकाका अधिकारीहरूले यस्तो सम्मानले खेलाडीहरूलाई थप प्रेरणा मिल्ने विश्वास व्यक्त गरेका छन्।
धेरै खेलाडीहरूलाई पनि यस्तै सम्मान र सहयोग मिल्ने अपेक्षा गरिएको छ।

प्रकाशित मिति: २७ श्रावण २०८२, मंगलबार












प्रतिक्रिया