काठमाडौैं । कृषि तथा पशुपंक्षी विकासमन्त्री रामनाथ अधिकारीले रासायनिक मलको अभाव समस्या स्थायी रूपमा समाधान गर्न सरकारले कदम चालेको बताएका छन्।
प्रधानमन्त्रीसँग भएको छलफलपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै मन्त्री अधिकारीले मलखादको समस्या समाधानमा सरकारले विशेष चासो राखेको बताए।
उनले पछिल्ला दिनमा रासायनिक मलको अभावका केही समस्या देखिएको तर सरकारले त्यसलाई व्यवस्थित गर्न योजना बनाएको जानकारी गराए।
मन्त्री अधिकारीले मधेस प्रदेशमा ८० प्रतिशतभन्दा बढी धानको रोपाइँ भइसकेको र मलखादको अभावले कुनै असर नपरोस् भनी सरकारले सक्रिय रूपमा काम गरिरहेको बताए।
सरकारले मलखादको स्थायी समाधानका लागि आवश्यक नीति तथा कार्यक्रम अगाडि बढाउने जनाएको छ।
प्रकाशित मिति: २७ श्रावण २०८२, मंगलबार













प्रतिक्रिया