काठमाडौं । काठमाडौं महानगरपालिकाले खोखो विश्वकप प्रतियोगितामा उपविजेता बनेका पुरुष र महिला टोलीलाई ११–११ लाख रुपैयाँ नगद पुरस्कार प्रदान गरेको छ।
नेपाल खोखो संघमार्फत रकम व्यवस्थापन गरिने बताइएको छ। पुरस्कार वितरण समारोहमा काठमाडौं महानगरपालिकाका प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत र सामाजिक विकास समितिका संयोजक लगायतको उपस्थिति थियो।
सोही अवसरमा सामाजिक विकास समितिका संयोजक रामकुमार केसीले यस्तो सम्मानले नेपालको खेल क्षेत्रलाई उचाइमा पुर्याएको उल्लेख गर्दै महानगरपालिकाले आगामी दिनमा पनि खेलाडीहरूलाई निरन्तर सम्मान गर्ने प्रतिबद्धता व्यक्त गरे।
पुरस्कार ग्रहण गर्दै नेपालका म्याट्रिक्स फाइट नाइट (एमएफएन) १७ बान्टमवेट च्याम्पियन रवीन्द्र ढाटले महानगरको सम्मानले आफूलाई थप हौसला दिएको बताए। उनले आगामी दिनमा अझ राम्रो प्रदर्शन गर्ने प्रतिवद्धता व्यक्त गरे।
खोखो पुरुष टोलीले नयाँ दिल्लीस्थित इन्दिरा गान्धी इन्डोर हलमा भएको फाइनलमा आयोजक भारतसँग ५४–३६ र महिला टोलीले ७८–४० को अन्तरले पराजय भोगेको थियो।

प्रकाशित मिति: २७ श्रावण २०८२, मंगलबार













प्रतिक्रिया