काठमाडौं। फुङलिङमा जारी तेस्रो अन्तर्राष्ट्रिय आमन्त्रण ताप्लेजुङ गोल्डकपमा बुधबारदेखि सेमिफाइनल चरणका खेलहरू सुरु हुँदैछ । फाइनल प्रवेशका लागि सुनसरीको द योङ ब्रदर्श क्लब र ललितपुरको चर्च ब्वाइज क्लबबिच प्रतिस्पर्धा हुने भएको छ ।

गत साउन २४ गतेदेखि सुरु भएको गोल्डकपको उद्घाटन खेलमा सुनसरीले आयोजक तेल्लोक स्पोर्टिङ क्लबलाई २–१ गोल अन्तले पराजित गर्दै सेमिफाइनलको यात्रा तय गरेको थियो । त्यस्तै ललितपुरले भारतको लिजेण्ड फुटबल एकेडेमी सिलिगुडीलाई १–० को कठिन जित निकाल्दै सेमिफाइनलमा सुनसरीसँगकोे भेट पक्का गरेका हुन् ।

advertisement

भोलिको दोस्रो सेमिफाइनलमा झापाको रेडस्टार फुटबल क्लब र सिराहाको सलहेश युवा क्लबबिच आमनेसामने हुने भएको छ । सिराहाले हिजो भएको अन्तिम क्वाटर फाइनलमा पाँचथरको फिदिम स्पोर्टिङ क्लबलाई ६–० को फराकिलो गोलअन्तरले पराजित गर्दै सेमिफाइनलको यात्रा तय गरेको हो । झापाले पोखराको सहारा क्लबलाई २–१ गोलले पाखा गाउँदै सेमिफाइनलमा प्रवेश थियो ।

आठ टिमको सहभागिता रहेको प्रतियोगिताको फाइनल खेल साउन ३१ गते हुने छ । गोल्डकपको विजेताले नगद सात लाख दुई हजार ८२ रुपियाँ र उपविजेताले तीन लाख ५० हजार ८२ रुपियाँसहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्ने छन् । खेलको सर्वोत्कृष्ट खेलाडीले बाइक प्राप्त गर्दा विभिन्न विधाका उत्कृष्ट खेलाडीले समेत नगद पुरस्कार प्राप्त गर्ने छन् ।

 

प्रकाशित मिति: २८ श्रावण २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com