काठमाडाैं । नेपाली बजारमा बुधबार सुनको मूल्य तोलामा १०० रुपैयाँ घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा १ लाख ९६ हजार ७०० रुपैयाँ कायम भएको छ । यसअघि मंगलबार छापावाल सुनको मूल्य तोलामा १ लाख ९६ हजार ८०० रुपैयाँ कायम थियो ।
यस्तै, चाँदीको मूल्य भने बढेको छ। मंगलबार तोलामा २ हजार ३०५ रुपैयाँ कायम भएको चाँदीको मूल्य बुधबार बढेर तोलामा २ हजार ३२५ रुपैयाँ पुगेको महासंघले जनाएको छ ।
प्रकाशित मिति: २८ श्रावण २०८२, बुधबार













प्रतिक्रिया