काठमाडौं ।  प्रहरी कस्टडीमा रहेका गुन्डा नाइके मिलन गुरुङ उर्फ चक्रे मिलनले आफू नेकपा (एमाले) को सदस्य भएर राजनीतिमा संलग्न र समाजसेवामा सक्रिय रहेको बयान दिएका छन्। साउन १५ गते महाराजगञ्जस्थित साम्बाला होटलबाट नियन्त्रणमा लिइएका चक्रेले अनुसन्धान अधिकृत र सरकारी वकिलसँग बयान दिँदै यस्तो बताएका हुन्।

जिल्ला प्रहरी परिसर काठमाडौं र अपराध अनुसन्धान कार्यालयको संयुक्त टोलीले ‘हो हल्ला’ गरेको आरोपमा उनलाई पक्राउ गरेको थियो। बयानमा चक्रेले आफू एमाले गोरखा जिल्ला पार्टीको सदस्य भएर सामाजिक सेवामा सक्रिय रहेको जिकिर गरेका छन्।

advertisement

उनका अनुसार, साम्बाला होटलमा आफ्नो जन्मदिन मनाउन अरू युवासहित भेला भएका थिए। उनले केही वर्षदेखि सामाजिक सेवा र राजनीतिक गतिविधिमा आबद्ध भएर काम गर्दै आएको दाबी गरेका छन्।

प्रकाशित मिति: २८ श्रावण २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com