काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को भ्रातृ संस्था, राष्ट्रिय प्रजातान्त्रिक युवा संगठन काठमाडौं जिल्ला अधिवेशन विवादका कारण स्थगित भएको छ।

धुम्बाराहीस्थित एक पार्टी प्यालेसमा कार्यक्रम उद्घाटन हुन लाग्दा अध्यक्ष राजेन्द्र लिङ्देन र महामन्त्री धवल शम्शेर राणा पक्षधर युवाबीच विवाद भयो र हात हालाहालसमेत भएको थियो। उक्त कार्यक्रममा अध्यक्ष लिङ्देन पनि उपस्थित थिए।

advertisement

अध्यक्ष लिङ्देनले भने, “यस्तो अव्यवस्थित र हुलदंगा हुने अवस्थामा अधिवेशन सञ्चालन गर्न सकिँदैन। हुलदंगा पार्टीले स्वीकार्य होइन।”

अधिवेशनस्थलमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको थियो।

प्रकाशित मिति: २८ श्रावण २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com