काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभामा बुधबार सरकारका उपलब्धि, पछिल्लो विदेश भ्रमण र समसामयिक विषयमा सम्बोधन गरेका छन्।

प्रधानमन्त्रीका सञ्चारविज्ञ रामशरण बजगाईँका अनुसार, प्रधानमन्त्री ओलीले आफ्नो सम्बोधनमा तुर्कमेनिस्तानको अवाजा सहरमा सम्पन्न भूपरिवेष्टित विकासशील राष्ट्रहरूको तेस्रो संयुक्त राष्ट्रसङ्घीय सम्मेलनमा सहभागितासँग सम्बन्धित अनुभव र उपलब्धिहरूबारे जानकारी दिएका छन्।

advertisement

प्रधानमन्त्री ओली यही साउन २३ गते उक्त सम्मेलनमा सहभागी भई स्वदेश फर्किएका थिए।

प्रकाशित मिति: २८ श्रावण २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com