काठमाडौँ । नेकपा एमालेकी सांसद दीपा शर्माले प्रतिनिधिसभा बैठकमा रास्वपाकी सांसद सोबिता गौतमको पुरानो अभिव्यक्तिमाथि प्रश्न उठाएकी छन्।

सांसद शर्माले सोधिन्, “एक महिला बलात्कृत हुनु र झापड खानु कसरी उस्तै हुन सक्छ?” उनले सांसद गौतमले आफ्नो अभिव्यक्तिमा बलात्कारजस्ता गम्भीर अपराधलाई सामान्य बनाउने प्रयास गरेको भन्दै आपत्ति जनाइन्।

advertisement

दीपा शर्माले भनिन्, “उहाँ आफूलाई अब्बल कानुन व्यवसायी र नयाँ सुझबुझ भएको बताउनुहुन्छ। तर भाइरल भिडियोमा देखिन्छ, उहाँले भनेका छन्—जबसम्म बलात्कृत महिलालाई शारीरिक हानि नपुगेको छैन, बलात्कार र झापड एउटै हुन्। यसबाट समाजलाई कता लैजान खोज्दै हुनुहुन्छ?”

सांसद शर्माले कानून जान्ने र कानून बनाउने ठाउँमा रहेका एक महिला सांसदले यस्तो अभिव्यक्ति दिनु निन्दनीय भएको उल्लेख गरेकी छन्।

प्रकाशित मिति: २८ श्रावण २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com