काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाललाई कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको स्थलगत अनुगमन गर्न आग्रह गरेका छन्।

बुधबार प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले रंगशालामा प्याराफिट र फ्लडलाइट जडानको काम अन्तिम चरणमा पुगेको जानकारी दिँदै भने, “निर्माणका क्रममा प्रतिक्रियावाद, अवरोध र प्रतिकुल मौसमका बाबजुद कीर्तिपुर क्रिकेट रंगशाला अन्तिम चरणमा पुगेको छ। प्रश्न उठाइयो, प्याराफिट भयो कि? मेरो जवाफ– भयो। फ्लडलाइट जोडियो कि?– टुंगियो। कुनै जादु होइन। यस्तो प्रश्न गर्ने साथीहरुलाई संसदीय समितिका सदस्यहरु जस्तै अनुगमन गर्न आमन्त्रण गर्छु, सँगै जाने चाहने भए मिलाएर हेर्न सकिन्छ।”

advertisement

प्रधानमन्त्री ओलीले बताए अनुसार प्याराफिट र फ्लडलाइट जडान सम्पन्न भएपछि रंगशालाको दोस्रो चरणको निर्माण कार्य अघि बढाइने छ।

प्रकाशित मिति: २८ श्रावण २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com