काठमाडौँ । इलाममा आज दिउँसो गएको पहिरोमा परेर एक जनाको मृत्यु भएको छ। रोङ गाउँपालिका–४ मानाबुङमा ६० वर्षीय वीरबहादुर राई खोल्सामा आएको लेदोयुक्त पहिरोमा पुरिएर ज्यान गुमाएका हुन्।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी मानबहादुर राईका अनुसार, करिब १२ः०० बजे राई घरबाट करिब ३०० मिटर पश्चिमतर्फ पैदल हिँडिरहेका थिए। त्यही समयमा अचानक आएको पहिरोले उनलाई पुरेर मृत्यु भएको हो।

advertisement

प्रहरी नायब उपरीक्षकले जानकारी दिएअनुसार, मृतक राई कान कम सुन्ने समस्या भएका थिए। घटनास्थलमा प्रहरी टोली खटाइएको छ र थप अनुसन्धानसहित कानुनी प्रक्रिया अगाडि बढाइँदैछ।

यसैगरी, स्थानिय प्रशासनले जोखिमपूर्ण क्षेत्रमा बसोबास गर्ने स्थानीयलाई सतर्क रहन अनुरोध गरेको छ।

प्रकाशित मिति: २८ श्रावण २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com