काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बहुविवाहलाई कुनै पनि हालतमा कानुनी मान्यता नदिइने स्पष्ट पारेका छन्।

बुधबार प्रतिनिधि सभामा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सामाजिक जागरण, सामाजिक न्याय र महिलाको अधिकारका लागि संघर्ष गरेर आएका दलहरूको नेतृत्वमा बनेको सरकारले बहुविवाहलाई मान्यता दिने कानून ल्याउने सम्भावना नै नभएको बताए।

advertisement

उनका अनुसार केही समयदेखि आधारहीन हल्ला फैलाइएको छ — “सरकारले बहुविवाहलाई मान्यता दिने कानून ल्याउन लागेको छ” भन्ने। यसबारे प्रष्ट पार्दै उनले भने, “यो पूर्ण रूपमा बेबुनियाद हो। कसले यस्तो हल्ला चलायो, सरकारले थाहा पाएको छैन, मैले पनि थाहा पाएको छैन। बहुविवाहलाई कुनै पनि हालतमा कानुनी मान्यता दिइने छैन।”

प्रधानमन्त्री ओलीले यस्तो संवेदनशील विषयमा भ्रम फैलाउनु गैरजिम्मेवार काम भएको भन्दै असत्य प्रचारमा विश्वास नगर्न सबैलाई आग्रह गरे।

प्रकाशित मिति: २८ श्रावण २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com