काठमाडाैं । जनमत पार्टीले आफ्नो जनवर्गीय तथा पेशागत मोर्चाअन्तर्गत वकिल संघ गठन गर्ने निर्णय गरेको छ।

पार्टीकी सचिव अनिता देवी साहका अनुसार, उपत्यकासहित सातै प्रदेशमा कार्यरत कानून व्यवसायीहरूको सहभागितामा एक भव्य भेला आयोजना गरेर वकिल संघको संरचना बनाइने तयारी भइरहेको छ।

advertisement

“जनमत पार्टीप्रति आस्था राख्ने र पार्टीको विधि–विधानअनुसार आबद्ध हुन इच्छुक सबै कानून व्यवसायीलाई एकजुट गर्ने उद्देश्यले यो पहल गरिएको हो,” पार्टीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

प्रकाशित मिति: २८ श्रावण २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com