काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री दीपक खड्काले मुलुकमा लोडसेडिङ भइरहेको भन्ने समाचार र हल्ला निराधार भएको स्पष्ट पारेका छन्। बुधबार प्रतिनिधिसभाको बैठकमा सांसदहरूको मौखिक प्रश्नको जवाफ दिँदै उनले केही क्षेत्रबाहेक देशभर विद्युत् आपूर्ति सहज रूपमा भइरहेको बताए।

मन्त्री खड्काले भने, “हामीले विद्युत् उत्पादन र आपूर्ति सुधारलाई तीव्रताका साथ अगाडि बढाएका छौँ। उत्पादन पनि निरन्तर भइरहेको छ, त्यसैले लोडसेडिङको कुरा निरर्थक छ।”

advertisement

उनका अनुसार, सरकारले विद्युत् विस्तार र आपूर्तिमा गति दिँदै हालसम्म १७ अर्ब ७२ करोड रुपैयाँ बराबरको विद्युत् निर्यात गरेको छ भने १२ अर्ब ९२ करोड बराबरको विद्युत् आयात भइरहेको छ। यसरी झन्डै ५ अर्ब रुपैयाँ बराबरको व्यापारिक नाफा भएको उनले जानकारी दिए।

मन्त्री खड्काले अझै केही क्षेत्रमा विद्युत् आपूर्ति पुरा नभए पनि ती स्थानमा विस्तारका काम भइरहेको उल्लेख गर्दै निकट भविष्यमा सम्पूर्ण मुलुकमा स्थिर र भरपर्दो विद्युत् सेवा सुनिश्चित गरिने आश्वासन दिए।

प्रकाशित मिति: २८ श्रावण २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com