काठमाडाैं । दक्षिणी ब्राजिलको पराना राज्य राजधानी कुरिटिबास्थित विस्फोटक पदार्थ उत्पादन गर्ने एक कारखानामा भएको भीषण विस्फोटमा नौ जनाको ज्यान गएको छ। मृतकमध्ये छ पुरुष र तीन महिला रहेको अधिकारीहरूले पुष्टि गरेका छन्।
अग्नि नियन्त्रण विभागका प्रवक्ताका अनुसार, विस्फोटको शक्तिले करिब डेढ किलोमिटर वरपरका भवनहरू समेत क्षतिग्रस्त भएका छन्। घटनाको कारणबारे भने अझै अनुसन्धान भइरहेको र स्पष्ट निष्कर्ष नआएको ब्राजिलका अधिकारीहरूले जनाएका छन्।
सार्वजनिक सुरक्षा राज्यमन्त्री कर्नल हडसन लियोन्सियो टेक्सेराले पत्रकारहरूसँग कुरा गर्दै, विस्फोट हुँदा कारखानाभित्र रहेका सबै नौ जनाको मृत्यु भएको बताए।
यसैबीच, भग्नावशेषबाट सात जना घाइतेलाई उद्धार गरी नजिकैको अस्पतालमा उपचारका लागि लगिएको जनाइएको छ।
प्रकाशित मिति: २८ श्रावण २०८२, बुधबार












प्रतिक्रिया