काठमाडाैं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की नेतृ तथा अभिनेत्री रेखा थापाले पार्टीमा बढ्दो विवादका बीच विशेष महाधिवेशन आह्वान गर्नुपर्ने माग उठाएकी छन्।

थापाले सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै लेखेकी छिन्, “राप्रपाभित्रको किचलोले विशेष महाधिवेशनको माग भएन र?” उनी गत महाधिवेशनमा महामन्त्री पदका उम्मेदवार थिइन् तर पराजित भएकी थिइन्।

advertisement

हाल राप्रपाभित्र दुई पक्षबीचको आन्तरिक द्वन्द्व चर्किएको छ। अध्यक्ष राजेन्द्र लिङ्देनले केही नेताहरूलाई पदमुक्त गरेपछि महामन्त्री डा. धवलशमसेर राणा पक्ष असन्तुष्ट बनेको छ, तर लिङ्देन पक्षले आफ्नो निर्णय फिर्ता नलिने अडान लिएको छ।

पछिल्लो समय विवाद राष्ट्रिय प्रजातान्त्रिक युवा संगठन काठमाडौंको अधिवेशनमा समेत पुगेको छ। उक्त अधिवेशनमा अध्यक्ष लिङ्देन स्वयं उपस्थित थिए, तर दुई पक्षबीच वादविवाद चर्किँदा हात हालाहालसम्मको स्थिति सिर्जना भएको थियो। लिङ्देनले अधिवेशन स्थगित गर्न निर्देशन दिए पनि विपक्षी समूहले एकतर्फी नयाँ समिति गठन गरेको छ।

प्रकाशित मिति: २८ श्रावण २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com