काठमाडौं । काठमाडौं जिल्ला अदालतले गुन्डा नाइके मिलन गुरुङलाई ३० हजार रुपैयाँ धरौटीमा रिहा गर्ने आदेश दिएको छ। न्यायाधीश खिमानन्द भुसालको आदेश अनुसार चक्रे समूहका अन्य सदस्यहरूलाई समेत धरौटीमा छोडिएको छ।
साउन १५ मा साम्बाला होटलबाट गुन्डागर्दीको आरोपमा चक्रे समूहका १९ जना पक्राउ परेका थिए। पक्राउ परेकामाथि सरकारी वकिलले अभद्र व्यवहारको मुद्दा दायर गरेका थिए। अदालतले थुनछेक बहसपछि सबैलाई धरौटीमा रिहा गर्ने निर्णय गरेको हो।
धरौटी रकम यसप्रकार तोकिएको छ:
-
गणेशबहादुर बोगटी – २० हजार
-
नीराजन पौडेल – १० हजार
-
रोशन सुवेदी – १० हजार
-
राजेश खड्का ‘रोजेश’ – ३० हजार
-
सन्दीप केसी – १० हजार
-
राहुल खड्का – १० हजार
-
यामु पौडेल – १० हजार
-
सौरभ सुनार – १० हजार
-
डिल्लीराज कँडेल – २० हजार
-
ऋतिक लामा – २० हजार
-
चन्द्रदेव कार्की, जितबहादुर लामा, प्रकाश गोले, अमिर आलेमगर, उत्तम महर्जन, प्रनिश केटल, राजु परियार, सफल शाही – जनही १० हजार
सरकारी वकिलले अभद्र व्यवहारको कसुरमा १ वर्ष कैद र १० हजार जरिवानाको सजाय माग गरेका थिए। अदालतको निर्णयपछि सबै धरौटीमा रिहा भएका छन्।
प्रकाशित मिति: २८ श्रावण २०८२, बुधबार













प्रतिक्रिया