काठमाडौं । प्रतिनिधि सभामा सांसद अमरेशकुमार सिंहले देशमा तीन प्रमुख राजनीतिक दलका शीर्ष नेताविरुद्ध बोल्न मुश्किल परिस्थिति आएको बताएका छन्।

सांसद सिंहले प्रधानमन्त्री केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी अध्यक्ष पुष्पकमल दाहालविरुद्ध बोल्दा बोल्ने व्यक्तिहरू अमरेश सिंह, भीम रावल, रवि लामिछाने वा रेशम चौधरी जस्ता नाममा पर्न सक्ने उल्लेख गरे। उनले साइबर सेक्युरिटीले त्यसमा थप प्रभाव पार्ने चेतावनी पनि दिए।

advertisement

उनले भने, “तीन जनाको विरुद्धमा बोल्दा खैरियत हुँदैन, दर्जनौं नाम सूचीबद्ध गर्न सकिन्छ।”

सांसद सिंहले सरकारले शिक्षा, सञ्चार र स्वास्थ्य क्षेत्रमा केन्द्रित भएर विकासका काममा ध्यान दिनुपर्ने पनि औंल्याए।

प्रकाशित मिति: २८ श्रावण २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com